शनिबार ५ भाद्र, २०७८
बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू माधव नेपालकै पक्षमा रहेको बताएकी छिन् ।आफु मुख्यमन्त्री हुुनुमा दुवै नेताहरुको साथ भएको धारणा राखेकी शाक्यले आफुलाई यता उता लागेको भनेर गलत टिप्पणी गरेको धारणा समेत राखेकी छिन् । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाक्यले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि पार्टी पंक्तिको ध्यानाकर्षण गराइन् ।
आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै आफूले नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न आग्रह गरेकी छिन् । आफु पार्टी एकताको पक्षमा रहेको भन्दै उनले केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरिन् ।