मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

विद्यालय बन्द रहेको बेलामा समेत खाजाको रकम १४ करोड २१ लाख ६८ हजार ५८२ निकासा

शनिबार ५ भाद्र, २०७८ Grace Himalaya 1242


विद्यालय बन्द रहेको बेलामा समेत खाजाको रकम १४ करोड २१ लाख ६८ हजार ५८२ निकासा

कोरोना भाइरस संक्रमण महामारीका कारण विद्यालय बन्द रहेको बेलामा समेत केही स्थानीय तहले दिवा खाजाको रकम निकासा गरेको पाइएको छ । महालेखा परीक्षक ५८ औं प्रतिवेदन अनुसार कोभिडका कारण २०७६ चैत ११ बाट विद्यालय बन्द भएको अवस्थामा धनुषाको सबैला नगरपालिकाले एक करोड १३ लाख, सिरहाको सिरहा नगरपालिकाले एक करोड ३८ लाख, रौतहटको फतुवा नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख दिवा खाजाको रकम निकासा गरेको पाइएको छ । 

यसैगरी धनुषाको गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख सहित २८ नगरपालिकाले २०७७ वैशाख, जेठ र असार महीनाको समेत दोस्रो र तेस्रो चौमासिकको पूरै दिवा खाजाको लागि १४ करोड २१ लाख ६८ हजार ५८२ विद्यालयलाई निकासा गरेको प्रतिवेदनमा उल्लेख छ । महालेखाले बन्द रहेको अवधिको खाजा खर्च यकिन गरी असुल गर्न सुझाव दिएको छ ।

दिवा खाजा कार्यान्वयन निर्देशिका, २०७६ मा दिवा खाजा रकमबाट विद्यालयले नगद वितरण गर्ने व्यवस्था गरेको छैन । नियम विपरीत रौतहटको परोहा नगरपालिकाले यो वर्ष अभिभावकलाई नगद बुझाउने गरी दिवा खाजा बापत एक करोड १७ हजार निकासा दिएको महालेखा परीक्षकले जनाएको छ । नियम विपरीत उक्त रकम अभिभावककले बुझेको भरपाई पेश नभएको प्रतिवेदनमा उल्लेख छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु