मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्पर्क कार्यालयको नाममा ७ लाख बजेट दुरुपयोग गरेको आरोप

शनिबार ५ भाद्र, २०७८ Grace Himalaya 1245


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई  सम्पर्क कार्यालयको नाममा  ७ लाख बजेट दुरुपयोग गरेको आरोप

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नियम विपरीत काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेर करिब ७ लाख बजेट दुरुपयोग गरेको खबर बाहिरिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेर बजेट दुरुपयोग गरिएको छ । काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्नु कानूनी व्यवस्था र नीतिगत निर्णय विपरीत रहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रदेश सरकार र संघीय सरकार बिच समन्वय गर्न प्रदेश प्रमुखको व्यवस्था गरिएको भए पनि सरकारले त्यसविपरीत सम्पर्क कार्यालय स्थापना गरेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंमा कार्यालय स्थापना गरेर प्रदेश सरकारले टेलिभिजन, कम्प्युटर, फर्निचर खरीद र कार्यालय मर्मत तथा रंगरोगनमा ६ लाख ८५ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु