आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

आज कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु, २ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण

बिहीबार ३ भाद्र, २०७८ Grace Himalaya 1264


आज कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु, २ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा २ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ३२१ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ४२९ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ४९२ परीक्षणबाट ७५४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ४३८ परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु