सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

अनेरास्ववियूकाे नेता अधिकारीलाई आक्रमण गर्ने नेविसंघ र तरुणदलका नेता पक्राउ

मंगलवार ८ भाद्र, २०७८ Grace Himalaya 1270


काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य सागरहरी अधिकारीलाई  आक्रमण गर्ने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र युवा संगठन तरुण दलको नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले एकसात अघि काठमाडौँको कोटेश्वारमा अधिकारीलाई आक्रमण गरी घाइते बनाएका थिए

कोटेश्वोर बहुमुखी क्याम्पसका नेबिसंघका इकाई सभापति संजय बुढाथोकी र नेपाल तरुण दल रामेछापको कोषाधक्ष्य योगेश श्रेष्ठलाई रामेछापको गोकुलगंगा–२ ठोसेबाट प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इस्पेक्टर शंकर श्रेष्ठले जानकारी दिए । उनीहरुलाई ठोसेबाट पक्राउ गरी काठमाडौँ पठाइएको उनले जानकारी दिए 

तर नेपाली कांग्रेसका नेता कार्यकर्ताले भने बुढाथोकी सहित आफ्नो कार्यकता पक्राऊको विरोध गर्दै बिभीन्न सामाजिक सञ्जाल मार्फतआफ्नो कार्यकता बिना स्वार्थ रिहाइ को माग गरेका छन्

 

 

 

 

 

 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु