बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

देखाएर आतंक मच्चाउने रास्वपाका नेता लौडारी पक्राऊ

बुधबार ८ श्रावण, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1201


देखाएर आतंक मच्चाउने रास्वपाका नेता  लौडारी पक्राऊ

 ग्रेस हिमालय काठमाडौँ साउन ७ विसं २० ८२ बुधबार 

तनहुँ । धारिलो हतियार खुँडा देखाएर स्थानीय बासिन्दालाई आतंकित बनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लौडारीले मदिरा सेवन गरी होहल्ला गर्दै स्थानीयलाई ज्यान मार्ने धम्की दिएका थिए । उनले भानु नगरपालिका–१२ का बलराम अधिकारी र भानु नगरपालिका–१३ का अशोक अधिकारीको घरमै पुगेर खुँडा प्रहार गर्ने प्रयाससमेत गरेका थिए ।पीडित परिवारका अनुसार, उनीहरू राति ढोका थुनेर घरभित्र लुकेर ज्यान जोगाउन सफल भएका थिए । लौडारीले खुँडाले घरमा झटारो हानेको र छिमेकीहरूले गुहार मागेपछि प्रहरीले सूचना पाएको थियो ।

प्रहरी पुगेपछि लौडारी फरार भएका थिए भने केही घण्टापछि भानु नगरपालिका–२ नारेश्वाटारस्थित इलाका प्रहरी कार्यालय भानुले उनलाई पक्राउ गरी हिरासतमा राखेको हो ।पक्राउ परेका लौडारी हाल काठमाडौंमा बसोबास गर्दै आएका थिए र उनी रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलन अभियानका लागि आफ्नो जन्मगाउँ आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

समाचार स्रोत नव जनप्रहार




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु