बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति २१ वर्षपछि पक्राउ

शुक्रबार २७ असार, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1211


कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति २१ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति २१ बर्ष पछि पक्राउ 

ग्रेस हिमालय काठमाडौँ २०८२ असार २७ शुक्रबार 

मिति २०६०/०७/०९ गते ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १४ नखिपोट हाल परिवर्तित ललितपुर महानगरपालिका वडा नं १४ नखिपोट स्थित ललि कुमारी सुनुवार संचालक रहेको टाईटानिक रेष्टुरेन्टमा ती अं. १९:३० बजेको समयमा देउसी भैलो खेलिरहेको अवस्थामा ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १५ खुमल्टार बस्ने लक्ष्मी बहादुर राउतको छोरा बर्ष २४ को नोर बहादुर राउतलाई प्रतिवादी मदन बहादुर लिम्बु समेत ७ जना भई जाहेरवालाको छोरालाई तरवार,रड लगायतको घातक हतियार प्रयोग गरी हानी सख्त घाईते बनाएकोमा उपचारको लागि बिर अस्पताल काठमाण्डौं लगिएकोमा उपचारको क्रममा मिति २०६०/०७/१० गते मृत्यु भएको कर्तब्य ज्यान मुद्दामा वारदात पश्‍चात भागी हाल सम्म फरार रहेका प्रतिवादीहरु मध्ये निम्न नाम थर वतन भएका बिजय कुमार फोम्वो (लिम्बु) हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थितमा लुकी छिपी बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले मिति २०८२।०३।२७ गते विहान अं. ०९:३० बजेको समयमा फेला पारी निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित ललितपुर जिल्ला अदालत लगनखेलमा पेश गरिएको ।    

                                     निम्न :

 फरार रहेको व्यक्तिको विवरण :

 जिल्ला तेह्रथुम साबिक खाम्लालुङ गा.बि.स. ३ को हाल आठराई गा.पा. वडा नं २ घर भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं ०९ गौशाला बस्ने बर्ष ४९ को बिजय कुमार फोम्वो (लिम्बु)

समचार स्रोत ललितपुर प्रहरी परिसर




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु