मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

सशस्त्र प्रहरीका एसएसपीमाथि यौन दुर्व्यवहारको आरोप

मंगलवार १० असार, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1043


सशस्त्र प्रहरीका एसएसपीमाथि यौन दुर्व्यवहारको आरोप

सशस्त्रका एसएसपीमाथि यौन दुर्व्यवहारको आरोप

ग्रेस हिमालय काठमाडौँ असार १० मङ्गलबार २०८२

 काठमाडौँ सशस्त्र प्रहरी बलका एक जना प्रहरी उपरीक्षक (एसएसपी)माथि यौन दुव्र्यहारको आरोप लागेको छ ।संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ दक्षिण सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)मा कमान्डरका रूपमा खटिएका सशस्त्र प्रहरी बलका एसएसपी रवीन्द्रराज कर्णजितमाथि नर्वेजियन महिलालाई संवेदनशील अंगमा स्पर्श गरेको आरोप लागेको हो।

यो विषष्यमा राष्ट्र संघले सशस्त्र प्रहरीलाई पत्रचार समेत गरेको छ। राष्ट्र संघको पत्र आएपछि सशस्त्र प्रहरीले शान्ति मिसनबाट फर्केर आएका १५ जनाभन्दा बढीसँग सोधपुछ गरेको छ।

११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका कर्णजीतमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि नै राष्ट्रसंघमा कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकाले राष्ट्र संघले सशस्त्र मुख्यालयलाई पत्रचार गरेको थियो ।सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौबजीले एसएसपी कर्णजितलाई यौन दुर्व्यवहारको आरोप लागेको र यो विषयमा सशस्त्र प्रहरीको कानुन शाखाले अनुसन्धान गरिएको बताए ।

नर्वेजियन महिलाले राष्ट्रसंघको मुख्यालयमा उजुरी दिएपछि मात्रै घटना बाहिर आएको हो ।

समाचार स्रोत नव नवजनप्रहार




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु