मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

एसएसपी नमराज अधिकारीद्वारा सडक दुर्घटना नियुनिकरणको निर्देशन

बिहीबार ३० जेष्ठ, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1098


एसएसपी नमराज अधिकारीद्वारा सडक दुर्घटना नियुनिकरणको निर्देशन

ग्रेस हिमालय काठमाडौँ जेठ २९ गते बिहिबार २०८२

 

भक्तपुर :काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले भक्तपुरको ट्राफिक प्रहरी परिसर चुनदेवी तथा मातहत कार्यालयहरूको निरीक्षण गरेका छन्।

निरीक्षणको क्रममा उनले ट्राफिक व्यवस्थापन सुदृढीकरण तथा सडक दुर्घटना न्यूनीकरणबारे आवश्यक निर्देशन दिएका हुन्।

एसएसपी अधिकारीले ट्राफिक प्रहरीहरूलाई शिष्ट, सभ्य र पेशागत आचरणका साथ कर्तव्य पालन गर्न आग्रह गर्दै भने, "ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीहरूले पूर्ण पेशागत निष्ठाका साथ कार्य गर्न आवश्यक छ।"

 

उनले प्रविधिको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सडक सुरक्षा सुनिश्चित गर्न र दुर्घटना न्यूनीकरणका लागि मौलिक योजना तथा रणनीति तयार गर्न समेत निर्देशन दिए।

निरीक्षणमा टेकराज तामाङ, दीपक थापा लगायत ट्राफिक प्रहरी अधिकारीहरू उपस्थित थिए।

समाचार श्रोत नव जनप्रहार 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु