मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

नयाँ दिल्लीबाट काठमाडौँ चल्ने बस प्रयोग गरेर तस्करी गर्ने ६जन विरुद्ध मुद्दा दायर

बुधबार २९ जेष्ठ, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1245


नयाँ दिल्लीबाट काठमाडौँ चल्ने बस प्रयोग गरेर तस्करी गर्ने ६जन विरुद्ध मुद्दा दायर

ग्रेस हिमालय काठमाण्डौ २०८२ जेठ २८

बुधबार

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भारतको नयाँ दिल्लीबाट काठमाडौं चल्ने यात्रुवाहक बसमा फल्स बटम बनाएर अवैध रूपमा कपडा, औषधी र धूप ओसारपसार गर्ने कार्यमा संलग्न ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले ललितपुर महानगरपालिका वडा नं. २१ निवासी ३१ वर्षीय कृष्ण गोपाल श्रेष्ठसहित ६ जनाविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको महानिर्देशक चण्डी प्रसाद घिमिरेले जानकारी दिए । 

उनका अनुसन्धान अनुसार, प्रतिवादीहरूले फल्स बटम बनाई सो भित्र लुकाई ल्याइएका सामानको भन्सार नतिरी गैरकानुनी रुपमा नेपाल भित्र्याएको पाइएको छ। यस कार्यद्वारा उनीहरूले करिब रु. २ करोड ५२ लाख ४८ हजार ३ सय ६६ रुपैयाँ बराबरको राजस्व छली गरेको खुलेको छ । 

 

विभागले ऐनअनुसार सोही रकम विगोका रूपमा असुल गर्न, त्यसको दोब्बर जम्मा रु. ५ करोड ४ लाख ९६ हजार ७ सय ३२ जरिवाना गर्न तथा संलग्नलाई कैद सजाय पनि माग गरेको छ ।

साथै, ओसारपसारमा प्रयोग गरिएको ना. ५ ख ७३१४ नम्बरको सवारीसाधन जफत गर्न तथा अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति पनि माग गरिएको निर्देशक नवराज अधिकारीले जानकारी दिए ।

समाचार श्रोत नव जनप्रहार 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु