मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

प्रहरीमा भर्ना गरिदिन्छु' भन्दै ठगी गर्ने बझाङका एक युवकलाई कैलाली प्रहरीले गर्यो पक्राउ

शुक्रबार १८ भाद्र, २०७८ Grace Himalaya 1333


प्रहरीमा भर्ना गरिदिन्छु' भन्दै ठगी गर्ने बझाङका एक युवकलाई कैलाली प्रहरीले गर्यो  पक्राउ

प्रहरीमा भर्ना गरिदिन्छु' भन्दै ठगी गर्ने बझाङका एक युवक कैलालीबाट प्रहरीले पक्राउ गरेको छ । जिल्लाको  मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले  हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा एक जनालाई ठगी गरेको भेटिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।  

पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको बताईएको छ । उनले ठगी गरेको भेटिएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट खटेको टोलीले बुधबार धनगढीको चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताएका छन् ।

उनका अनुसार प्रहरी बनाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार रकम समेत मागेका थिए । सिंहले रकम नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरीले बताएको छ । पक्राउ परेका सिंहविरुद्ध ठगी मुद्दा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु