मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

अमन दुलालको लय र अशोक कुमार सापकोटाको शब्दमा घमेश दुलालको "जवानीमा बिताको पल मिठो" बजारमा

आईतवार ९ चैत्र, २०८१ Grace Himalaya 1350


अमन दुलालको लय र अशोक कुमार सापकोटाको शब्दमा घमेश दुलालको "जवानीमा बिताको पल मिठो" बजारमा

काठमाण्डौ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका वरिष्ट लोकप्रिय गायक तथा शर्जक घमेश दुलालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "जवानीमा बिताको पल मिठो" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । सिन्धुपाल्चोक जन्मथोलो भएका उनले यस क्षेत्रमा आफ्नो कयौं वसन्त पार गरिसकेका छन् ।

अहिले सम्म हजारौं गीतहरुमा स्वर भरिसकेका घमेशको यस प्रस्तुतिमा लय अमन दुलालले भरेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । गीतमा घमेश दुलाल र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ । टिकटक लगायत अन्य सामाजिक सन्जालहरुमा समेत अत्याधिक प्रयोग भएको गीतलाई संगीत संयोजन भने नारायाण दंगाल गरेका हुन् । 

बिगतका यादहरुलाई बुन्दै तयार गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मी सुनार र दिपेन्द्र सुनामको अभिनय देख्न सकिन्छ ।  घमेश दुलाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन दिनेश डाँगीले गरेका हुन् भने छायांकन डेनिश खनाल र सम्पादन रोशान धितालले गरेका छन् । 

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु