सोमबार २६ फाल्गुन, २०८१
ग्रेस हिमालय
काठमाण्डौ संवाद दाता
टोखा नगरपालिका टोखा सोमबार फाल्गुन २६
भ्रष्टाचारको चौतर्फी आवजहरु उठिरहेको बेला काठमाण्डौ टोखा नगरपालिका का वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोल ले आफूले पाइएको आफ्नो कार्यकालको संपूर्ण सेवा सुबिधा नलिएको र नलिने घोषणा गरिएका छन्
अध्यक्ष डंगोलले आफू निर्बाचित जनप्रतिनिधी भएपछिको संपूर्ण सेवा सुबिधा गरीब जेहेन्दार विद्यार्थीलाई प्रदान गरिएको जनकारी दिए उनले भनें साच्चीकै सच्चा भावना बोकेर राजनिती गरे विकास निकास सबै हुने उनले बताए
उनले थपे हुनत आलोचना गर्नेको कमी छैन तर पनि आलोचनाको वास्ता नगरी आफु आफ्नो कार्यकालको समयमा केहि गरेकाे र परिवर्तन भएको ठोकुवा गरे
उनले टोखा नगरपालिका वडा नं ३ को कार्यालयमा सेवाग्राहीहरूले पाउने सुविधामा कुनै सम्झौता नगरिने बताए
एक स्थानीयले बताए अनुसार टोखा नगरपालिका वडा नं ३ ले विकाशमा धेरै फड्को मारिसकेको बताए डंगोल नेकपा एमाले द्वारा निर्बाचित वडा अध्यक्ष हुन उनी राजनीति सँगै सामाजिक काममा पनि निकै सक्रिय छन्