बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

नेपाली बालगीतको रेकर्ड तोड्दै गायक तथा संगीतकार पाैडेल

शनिबार १९ माघ, २०८१ ग्रेस हिमालय काठमाण्डौं 1756


नेपाली बालगीतको रेकर्ड तोड्दै गायक तथा संगीतकार पाैडेल

ग्रेस हिमालय काठमाण्डौ 

काठमाण्डौ १९, शनिबार 

लाखौं बालबालिकाको दिमागमा छाप छोड्न सफल बालगीत हो पानि मुनि माछा र यसको अलावा आमाले मिठो खान दिनुहुन्छ, नेपाली १२ महिना, पाकेको मेवा छ लगायत दर्जनौं वालगितका सर्जक अर्थात् रचनाकार तथा संगीतकार हुन उत्तम पौडेल ।

नेपाली बालगीत मध्येकै सबैभन्दा सफल पानी मुनि माछा बोलको  गीतले रेकर्ड तोडेको उनले बताए ।

उनले भने हुनत आफनो सृजनाको बराबरी माया लाग्छ तर पनि गीतसंगीतमा लागेको २१ बर्षपछी आएर अलिकति  खुसी हुने बाताबरण बनेको छ । उनले भने यो पानि मुनि माछा बोलको गीत पनि विभिन्न व्यक्तिहरूले बेग्लाबेग्लै युट्युब च्यानलहरुमा  मेरो अनुमति नलिईकन सार्वजनिक गरेका थिए । अहिले ती सबैबाट मैले न्याय पाएको छु । विगतमा धेरै गीत संगीतको रचना गरें संगीत भरें तर सन्तुष्ट हुने बाताबरण यही पानी मुनि माछा बोलको गितले गरेकाे छ उनले भने ।

गायक पाैडेलले आधुनिक, लोकपप, लोकदोहोरी लगायतका गीतहरुमा आवाज दिनुका साथै संगीतमा ब्यस्त छन् । पछिल्लो समय उनको आफ्नै शब्द सङ्गीत र आवाज समेत रहेको खुर्कोट बजारमा, हजारौको माझ लगायत सेलो सालैजो जस्ता संस्कृति झल्किने गीतसंगीतमा समेत सक्रिय छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु