मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

सार्वजनिक नहुँदै चर्चामा अभागी सभागी'

बिहीबार २९ कार्तिक, २०८१ Grace Himalaya 1064


सार्वजनिक नहुँदै चर्चामा अभागी सभागी'

काठमाण्डौ । स्थायी घर नुवाकोट भएर हाल काठमाण्डौ बसोबास गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलम चलाईरहेका लोकप्रिय सर्जक शम्भु नेपालले आफ्नो पछिल्लो सिर्जना “अभागी सभागी“ बजारमा ल्याउने तयारी गरिरहेका छन् । उक्त गीत सार्वजनिक नहुँदै चौतर्फी चर्चा भैरहेको छ ।

गीतको कभरलाई धेरैले आफ्नो फेसबुकमा राखेर सजाईरहेका छन् भने टिकटकमा समेत उक्त गीतको कभर राखेर बिभिन्न मनोरन्जनात्मक सामाग्री बनाउने क्रम बढेको छ । गीत कस्तो होला भन्ने कौतुहलताले पनि माथि उल्लेखित गीत सार्वजनिक भएपश्चात निकै राम्रो सफलता प्राप्त गर्नेमा ढुक्क हुन सकिन्छ ।

गीत भित्र बिशेषता के छ भनेर यसै गीतका परिकल्पनाकार सर्जक शम्भु नेपाल संग बुझ्दा उनले फरक कथावस्तुमा तयार गरिएको मात्र बताएका छन् । राम्जी थापा मगरको लय र शम्भु नेपालको शब्दद्वारा सजिएको गीतमा सन्तोष बिसी, कोपिला तामाङ्ग वाइबाको साथै उपमा थपलियाको सुमधुर स्वर सुन्न सकिनेछ ।

उमेश कार्की यु के को निर्देशनमा आर एन कार्की र आशा बिश्वकर्माको अभिनय रहेको "अभागी सभागी" बोलको गीत अब  यहि कार्तिक ३० गते शुक्रबार कुमार चौलागाईं युटुब च्यानल मार्फत सार्वजनिक हुने भएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु