मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका पदाधिकारी चयनका लागि भएको मतदानको नतिजा आज साँझ सार्वजनिक

बिहीबार २१ आश्विन, २०७८ Grace Himalaya 1334


नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका पदाधिकारी चयनका लागि भएको मतदानको नतिजा आज साँझ सार्वजनिक

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका पदाधिकारी चयनका लागि भएको मतदानको नतिजा आज साँझ सार्वजनिक भएको छ । मत परिणामअनुसार उपसभापतिमा धिरन थापा र इमानसिंह बस्नेत विजयी भएका छन् । कुल खसेको १५१९ मतमध्ये थापाले १०३६ र बस्नेतले ५६३ मत ल्याएको निर्वाचन समितिले बताएको छ । उपसभापतिका अन्य उमेदवार सीपी पोखरेलले ५३६, रविकला खनालले ४८७ र हरि गान्धारीले ४६ मत ल्याएका छन् ।

 

 

 

त्यस्तै सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा निर्वाचित भएको बताइएको छ । आलेले ६९९ र थापाले ६७३ मत पाएको सहायक निर्वाचन अधिकृत शिवबहादुर थापाले बताएका छन् । सचिव निर्वाचित थापा पत्रकार हुन् । रेडियो गोरखाको स्टेशन म्यानेजर र दरौंदी दैनिकका अध्यक्ष रहेका उनी सामुदायिक रेडियो प्रशारक संघका महासचिव समेत हुन् ।

सचिव पदका अन्य प्रत्यासी ओमबहादुर गुरुङले ४७१, तारानाथ पुडासैनी ३९२ र रामप्रसाद भण्डारीले ३१९ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा लुमनाथ लामिछाने र गगन अधिकारी निर्वाचित भएका छन् । लामिछानेले ६९७ र अधिकारीले ३९३ मत पाएका हुन् । सहसचिव पदका अरु उम्मेदवार विश्व भट्टले ३०२, कमलप्रसाद अम्गाईंले ३०१, मानप्रसाद धितालले २८२, दीपक हमालले २३२, भेजराज पाण्डेले २२४ र रामशरण आचार्यले १४४ मत पाएका छन् ।

जिल्ला कार्यसमितिको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भइरहेका छन् । जिल्ला सदस्यहरुमा गोरखा नगरपालिकाबाट विजय भट्ट र खडानन्द अर्याल विजयी भएका छन् । उनीहरुले क्रमश ७४९ र ६९३ मत ल्याएका छन् । दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको जनाइएको छ । आरुघाट गाउँपालिकाबाट ज्ञानप्रसाद श्रेष्ठ, गण्डकी गाउँपालिकाबाट दिनेश पन्त, बारपाक सुलीकोट गाउँपालिकाबाट सुरज गुरुङ, भीमसेन थापा गाउँपालिकाबाट केशर गुरुङ निर्वाचित भएका छन् । अन्य पालिकाका सदस्य भने सर्वसम्मत चयन भएको निर्वाचन समितिले बताएको छ ।

खस आर्य महिलातर्फ जानुका सापकोटा र सिर्जना कोइराला र दलित खुल्ला तर्फ इतराज सुनार र लालबहादुर बिक विजयी भएका छन् । अन्य पद भने सर्वसम्मत चयन भएको बताइएको छ । मंगलबार मतदान भएपनि बुधवार साँझ मतगणना सकिएको हो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु