शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

सेवा सुविधा नदिने दुई सञ्चारमाध्यमका विरुद्ध नेपाल पत्रकार महासंघ संघर्षमा उत्रने

मंगलवार २७ पुष, २०७८ Grace Himalaya 1153


सेवा सुविधा नदिने दुई सञ्चारमाध्यमका विरुद्ध नेपाल पत्रकार महासंघ संघर्षमा उत्रने

पत्रकारहरुलाई सेवा सुविधा नदिने सञ्चारमाध्यमका विरुद्ध नेपाल पत्रकार महासंघ संघर्षमा उत्रने भएको छ । अन्नपूर्ण पोष्ट दैनिक र इमेज च्यानल टेलिभिजनले श्रमजीवी पत्रकारलाई सेवा सुविधा नदिएको भन्दै महासंघले आन्दोलनको चेतावनी दिएको हो । महासंघले पत्रकारलाई सेवा सुविधा नदिएको भन्दै यी दुवै सञ्चारमाध्यमका विरुद्ध कानुनी लडाई लड्ने पनि जनाएको छ । लामो समयदेखि श्रमजीवी पत्रकारहरुको सेवा सुविधाका सन्दर्भमा महासंघले पटक-पटक सम्वोधन गर्न गरेको आग्रह अटेरी गरेकाले यी दुवै सञ्चार गृहमाथि कानुनी र संघर्षका दुवै कार्यक्रम गर्न बाध्य भएको महासंघले जनाएको छ ।

 

संघर्षका कार्यक्रमअन्तर्गत पुस २८ गते दिउँसो १ः०० अन्नपूर्ण पोष्टको कार्यालय तीनकुने र दिउँसो ३ः०० बजे इमेज टेलिभिजनको कार्यालय लाजिम्पाटमा धर्ना दिने कार्यक्रम महासंघले तय गरेको छ । उपत्यका, प्रतिष्ठान प्रदेश समिति र तीनवटै जिल्ला शाखाका सदस्यहरुलाई धर्नामा उपस्थित हुन अनुरोध गरिएको छ ।

अन्नपूर्ण पोष्ट दैनिक र इमेज च्यानल टेलिभिजनमा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरुको सेवा सुविधाका सन्दर्भमा महासंघले पटकपटक सम्वोधन गर्न पत्राचार गरेको थियो’, महासंघले भनेको छ,”उक्त आग्रह र धैर्यतालाई बेवास्ता गरिएकोले महासंघले श्रमजीवी पत्रकारहरुको हकहितका लागि महासंघ अब कानुनी र संघर्षका दुबै कार्यक्रम गर्न बाध्य भएको छ । महासंघले यसअघि पनि श्रमजीवी पत्रकारलाई सेवा सुविधा नदिएको भन्दै विभिन्न सञ्चारमाध्यममा धर्ना दिएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु