मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

सरकारले भारतबाट जीटुजी मार्फत मल खरिद गर्ने

बिहीबार २२ पुष, २०७८ Grace Himalaya 1177


सरकारले भारतबाट जीटुजी मार्फत मल खरिद गर्ने

सरकारले भारतबाट जीटुजी मार्फत मल खरिदको सम्झौता गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सरकार सरकारबीच सम्झौताबाट मल खरिद गर्ने निर्णय गरेको हो । सम्झौता पाँच वर्षका लागि गर्ने निर्णय समेत भएको छ । जस अनुसार प्रथम वर्ष डेढ लाख मेट्रिकटन हुने कृषिमन्त्री महेन्द्र राय यादवले जानकारी दिएका छन् ।

त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा मल खरिद सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ । देउवा २५ पौषमा भारत भ्रमणमा जाने तय भएको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु