शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण

शुक्रबार १२ कार्तिक, २०७८ Grace Himalaya 1226


भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण

भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । ओडिसास्थित डा एपीजे अब्दुल कलाम टापूमा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको भारतीय समाचार माध्यमले जनाएको छ । बुधबार परीक्षण गरिएको ब्यालेष्टिक क क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ । भारत सरकारले एक विज्ञप्ति जारी गर्दै ‘न्यूनतम रक्षा क्षमता हासिल गर्ने भारतीय नीति अनुसार’ र आणविक हतियार ‘आफूले पहिला प्रयोग नगर्ने प्रतिबद्धता’ अनुसार पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको प्रस्ट पारेको छ ।

बुधबार परीक्षण गरिएको अग्नि-५ क्षेप्यास्त्रले चीनको कुनै पनि भू-भागसम्म मार हान्न सक्छ । यही भएर केही दिनअघि चीनले उक्त क्षेप्यास्त्रलाई लिएर आपत्ति जनाएको थियो । पछिल्ला केही वर्षदेखि चीनले आफ्नो आणविक हतियार भण्डारलाई विस्तार र थप परिस्कृत गर्दै आएको छ । बेइजिङको उक्त कदमपछि नयाँ दिल्लीले समेत आफ्नो आणविक क्षमता सुदृढ बनाउन बाध्य भएको हो । भारतले छिमेकी मुलुक पाकिस्तान भित्रको कुनै पनि भू-भागमा मार सक्ने क्षमताका क्षेप्यास्त्र यसअघि नै परीक्षण गरिसकेको छ ।

सन् १९९० देखि मध्यम तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षण गर्दै आएको भारतले चीनसँग बढ्दो रणनीतिक प्रतिस्पर्धाबीच पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हो । चीन र भारतबीच हिमाली क्षेत्र लद्दाखमा लामो समयदेखि सीमा विवाद जारी छ । गत वर्ष उक्त विवादले हिंसात्मक रुप लिँदा २० भारतीय सैनिकको ज्यान गएको थियो । गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा परी चिनियाँ सेनातर्फ समेत हताहती भएको थियो । एजेन्सीको सहयोगमा

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु