आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर प्रराष्ट्रमन्त्री डा नारायण खड्का बिहीबार बिहान स्वदेश फर्कदै

बिहीबार १४ आश्विन, २०७८ Grace Himalaya 1291


संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर प्रराष्ट्रमन्त्री डा नारायण खड्का बिहीबार बिहान स्वदेश फर्कदै

प्रराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर बिहीबार बिहान स्वदेश फर्कदै छन् । न्युयोर्कको औपचारिक भ्रमण पूरा गरी त्यहाँबाट मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेशका लागि प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले बताएको छ । प्रतिनिधि मण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, त्यहाँस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतम लगायत दुवै नेपाली नियोगका अधिकारीले बिदाइ गरेका थिए ।  

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुगेका मन्त्री खड्काले सभालाई सम्बोधन गर्नका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका  विदेशमन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । नेपाली प्रतिनिधिम ण्डलको नेतृत्व गर्दै उनले ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनः जागृत गराउने’ विषयमा महासभालाई सम्बोधन गरेका थिए ।

साथै परराष्ट्रमन्त्रीले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला साहिद, राष्ट्रसङ्घीय शान्ति सैन्य परिचालन विभागका उपमहासचिव जिन पियरे लाक्वा, अर्का उपमहासचिव अतुल खरे राशिद अल ज्यानीसँग बेग्लाबेग्लै भेटेर नेपाल र राष्ट्रसङ्घबीचको सहयोगात्मक सम्बन्धबारे विचारविमर्श गरेका छन् ।

 

 

 

 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु