आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

सत्यनारायण पुजाको झल्कोमा दिपक आए "बेली र चमेली" लिएर (भिडियो सहित)

बुधबार २ भाद्र, २०७८ Grace Himalaya 1268


सत्यनारायण पुजाको झल्कोमा दिपक आए  "बेली र चमेली" लिएर (भिडियो सहित)

सदैब आफ्ना प्रस्तुतिहरुमा मौलिकताको खोजि गरिरहने दिपक ढकालले पुनः अर्को गीत भर्खरै बजारमा लिएर आएका छन् । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । यस पटक भने दिपकको "बेली र चमेली" बोलको गीत बजारमा आएको हो ।

प्रस्तुत गीतमा दिपक ढकाल र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । गीतको भावनुसार संत्यनारायणको पुजामा पुरुष र महिला बिचको  दोहोरी घमासान समाबेस गरिएको छ । "बेली र चमेली" बोलको गीतलाई लय तथा शब्द उनै ख्याती प्राप्त कलाकार दिपक ढकालले नै भरेका छन् ।

गीतको अडियो मिठासता जस्तै म्युजिक भिडियो पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा शुक्र लामा, प्रकाश तामाङ्ग (राज), सिर्जना किराँती, खुसि लामिछाने र आभास पुडासैनीको अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन मरुभूमि नारायण र सम्पादन संगीत बानियाँले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु