सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

मन्त्रिपरिषद्को बैठकले गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गर्यो

मंगलवार १२ आश्विन, २०७८ Grace Himalaya 1297


मन्त्रिपरिषद्को बैठकले गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गर्यो

मन्त्रिपरिषद्को बैठकले गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गोरखापत्रको रिक्त कार्यकारी अध्यक्षमा विष्णु सुवेदीलाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन न्याय तथा संसद मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

अन्नपूर्ण अनलाइन संस्करण र नेपाल समय डटकमका पूर्वसम्पादक समेत रहेका सुवेदी दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा सक्रिय छन् ।आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदी मिडिया अध्यापन, शोध तथा तालिम लगायतका अभ्यासमा पनि सहभागी हुँदै आएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु