मंगलवार १ भाद्र, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीले आज सोमबार साँझ १२ बजेसम्म कडा पार्दै आएको लकडाउन लाई राती १२ बजेपछि एक हप्ता सम्मका लागि खुकुलो पार्ने निर्णय गरेको छ । आज दिउँसो प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा बसेको कोभिड सङ्कट व्यवस्थापन समितको बैठकले निषेधाज्ञालाई विगतको भन्दा केही खुकुलो पारेको सहायक जिल्ला प्रमुख अधिकारी नारायण प्रसाद भण्डारीले बताएका छन् ।
भण्डारीको अनुसार आगामी सोमबार राती १२ बजे सम्मका लागि दैनिक बिहान ६ बजे देखि दिउँसो ३ बजे सम्म सबै प्रकारका पसल , होटेल , रेस्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू सामाजिक दुरी कायम राख्दै खुल्ला रहनेछन् ।
त्यस्तै सबै प्रकारका सार्वजनिक सवारी साधनहरू बिहान ६ बजे देखि साँझ ८ बजे सम्म चल्न पाउने छन् । त्यसपछि भने बिहान ६ बजे सम्म चल्न पाउने छैनन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले लकडाउन कडा बनाई रहँदा नागरिकहरूको कष्टकर दिनचर्यालाई मध्येनजर गरेर एक हप्ता सम्मका लागि केही खुकुलो पारिएको बताइन् ।
उनले सार्वजनिक यातायातका साधनहरू नचल्दा प्रशासनको आँखा छल्दै मनपरी भाडा लिएर यातायातका साधनहरू चल्ने पाइएको र नागरिकहरू आर्थिक रूपले ढाड सेकाइमा परेकाले केही समय भए पनि राहत दिने उद्देश्यले थोरै खुकुलो पार्नु परेको बताएकी छिन् । विद्यालयको जमघटमा पठन–पाठन, सभा–सम्मेलन , तालिम –गोष्ठी लगायत मानिसहरूको बढी जमघट हुने कार्यक्रम भने पहिला जति कै रोक लगाइएको उनको भनाई छ ।