शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

अफगानिस्तानको राजधानी काबुल विमानस्थल नजिक गरिएको रकेट आक्रमणमा दुई जनाको मृत्यु

सोमबार १४ भाद्र, २०७८ Grace Himalaya 1467


अफगानिस्तानको राजधानी काबुल विमानस्थल नजिक गरिएको रकेट आक्रमणमा दुई जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल विमानस्थल नजिक गरिएको रकेट आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै घटनामा अन्य तीन जना घाइते भएका छन् । अफगान प्रहरीका अनुसार  आइतबार साँझ हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्तरपूर्वी क्षेत्रमा रहेको एक घरमा रकेट प्रहार गरिएको थियो । आक्रमण कसले गरेको भन्ने खुल्न सकेको छैन । 

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अफगान प्रहरीले बताइएको छ । यता, समाचार एजेन्सी रोयटर्सले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै इस्लामिक स्टेट समूहको अफगान शाखा आईएस-के (इस्लामिक स्टेट-खोरासन) का सदस्यहरुलाई लक्षित गरि सैन्य कारबाही गरिएको जानकारी दिएको छ । अमेरिकी कारबाहीको बारेमा थप विवरण अझै आएको छैन । यस्तै, यो विमानस्थल नजिकैको घरमा आक्रमण भएको रकेटसँग सम्बन्धित रहे/नहेरेहेको पनि खुल्न सकेको छैन ।

यसअघि शनिबार अमेरिकी राष्ट्रपति जो वाइडेनले काबुल विमानस्थलमा आफ्ना सैनिकमाथि भएको आक्रमणको बदला लिने चेतावनी दिएका थिए । बिहीबार विमानस्थल नजिक विस्फोट हुँदा १७० जनाको मृत्यु भएको थियो । मारिनेमा १३ अमेरिकी सैनिक र २ बेलायती नागरिक पनि थिए । बाँकी अफगानी नागरिक रहेको बताइएको छ । शुक्रबार पनि विमानस्थल प्रवेश गेटमा ‘फायरिङ’ गरिएको बताइएको छ । ‘फायरिङ’पछि भागदौड मच्चिएको छ । ‘फायरिङ’ कसले गर्यो अहिलेसम्म प्रस्ट हुन सकेको छैन । 
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु