शनिबार ११ श्रावण, २०८२
ग्रेस हिमालय काठमाडौँ साउन १० शनिबार विक्रम सम्वत २०८२
मोरङ, : विराटनगर साउन१० मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव ज्यूको प्रमुख अतिथि र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया ज्यूको विशेष अतिथिमा मोरङ जिल्ला मातहतका प्रहरी कार्यालय प्रमुखहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी यादव ज्यूले जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कर्मचारीहरुसंग परिचयात्मक कार्यक्रम गरी मातहत प्रहरी इकाईहरुको समस्या तथा पिर मार्काहरु सुन्नु भयाे
मोरङ जिल्ला प्रहरी समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ गर्न, ट्राफिक दुर्घटना रोकथाम तथा न्यूनिकरण गर्न र भन्सार चोरी पैठारी निकासीलाई नियन्त्रण गरी भन्सार राजश्वमा उल्लेखिय मात्रामा वृद्धि गर्न प्रभावकारी प्रहरी परिचालन भई उत्कृष्ठ कार्य गरेकोमा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया ज्यू सहित मातहत प्रहरी अधिकृत तथा जवानहरुलाई विशेष धन्यवाद प्रकट दिनुभएको थियो ।
साथै आगामी दिनहरुमा थप उत्कृष्ट कार्य गर्दै जान हुन समेत निर्देशन दिनुभयो । छलफलकै क्रममा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चिमरीया ज्यूले मोरङ जिल्ला प्रहरीले समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण तथा प्रशासनिक निर्णय फरार प्रतिवादी पक्रउ गर्ने कार्यमा उत्कृष्ठ कार्य गरेको प्रमुख जिल्ला अधिकारी ज्यू समक्ष जाहेर गर्दै आगामी दिनहरुमा पनि मोरङ प्रहरीले प्रभावकारी प्रहरी परिचालन गरी थप उत्कृष्ट प्रहरी सेवा प्रवाहका लागि प्रहरी आचरण एवँ प्रहरीले गर्नु पर्ने आधारभुत काम कारवाही चुस्त/दुरुस्त पार्ने वताउनु भयो
साथै मातहत प्रहरी कर्मचारीहरुलाई प्रहरीले समजमा सधै अवल, रोल मोडल भएर काम गर्न र सिमित श्रोत र साधनको उपयोग गर्दै आफ्नो पदिय जिम्मेवारीमा ढृद भएर समाजको समग्र शान्ति सुरक्षाको निमित्त खटिन निर्देशन दिनु भई प्राप्त जिन्सी स्रोत साधनको उचित संरक्षण तथा व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।
हरेक प्रहरी कर्मचारीहरुले प्रहरी संगठन प्रति कुनै किसिमको आँच आउने कार्य नगर्न र तालुक प्रहरी कार्यालयहरुबाट प्रेषित महत्वपूर्ण परिपत्र एवँ निर्देशनहरुको अक्षरस कार्यान्वयन गर्नुपर्ने लगायतका अमुल्य निर्देशन उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनार, वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक अनमोल खड्का, इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्याल र इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षकहरु तथा सम्पुर्ण प्रहरी इकाई प्रमुख जु.प्र.अ. तथा जवानहरुको उपस्थिति रहेको थियो ।
समाचार स्रोत जिल्ला प्रहरी कार्यालय मोरङ