सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

प्रेम सम्बन्धको विरोधमा प्रेमिकालाई जबरजस्ती विषादीखुवाइयो। अवस्था गम्भीर

बिहीबार ३० जेष्ठ, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1067


प्रेम सम्बन्धको विरोधमा प्रेमिकालाई जबरजस्ती विषादीखुवाइयो। अवस्था गम्भीर

 ग्रेस हिमालय काठमाडौँ

                     जेठ २९  बिहीबार २०८२

 

राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ की २० वर्षीया सनिसाकुमारी खंग र सोही ठाउँका २३ वर्षीय शिवजी खंग प्रेमी–प्रेमिका हुन् । आपसमा नजिकिएका उनीहरूले यौन सम्बन्ध पनि राखे । परिणाम सनिसाकुमारी गर्भवती भइन् । जब यो कुरा शिवजीका आमाबुबाले थाहा पाए, उनीहरूले सनिसाकुमारीलाई गर्भ फाल्न दबाब दिए तर उनले मानिनन् ।

 

यातनाको पराकाष्ठा

सनिसाकुमारी गर्भवती बनेपछि तनावमा रहेका शिवजीकी आमा झुलफूल देवी र बाबु परमेश्वरको यातना र अमानवीय व्यवहारका कारण उनको पेटको बच्चा त खेर गयो नै, उनको अवस्था पनि चिन्ताजनक छ ।

 

खासमा, सनिसाकुमारीले गर्भ फाल्न अस्वीकार गरेपछि शिवजीका आमाबुबाले कुटपिट गर्दै उनलाई जबर्जस्ती विषादी खुवाएका थिए । सोही विषादीको असरका कारण उनको पेटको बच्चा खेर गएको हो ।

जबर्जस्ती छोरीलाई विषादी खुवाएपछि उनको ४ महिनाको गर्भ खेर गएको र छोरीको अवस्थासमेत चिन्ताजनक रहेको सनिसाकुमारीकी आमा सतनी देवीले सुनाइन् ।

यसअघि विवाहको प्रलोभन देखाई आफूसँग पटकपटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी हाल फरार भएको भन्दै सनिसाले प्रहरीमा निवेदनसमेत दिएकी थिइन्् ।

गाउँघरमा भएको पञ्चायतीको निर्णयसमेत पालना नगरी शिवजी फरार भएपछि सनिसाकुमारी न्यायका लागि सदरमुकाम राजविराज धाउँदै गरेकी थिइन् ।

हाल १२ कक्षा उत्तीर्ण गरेकी सनिसा १० कक्षामै पढ्दै गरेका बेला शिवजीसँग प्रेम सम्बन्धमा जोडिन पुगेको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीमा उजुरी परेपछि स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा ४ महिनाको गर्भ रहेको रिपोर्टले समेत देखाएको थियो ।

शिवजीले विवाह गर्न अस्वीकार गरेपछि र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरेपछि उनी प्रहरीको सहयोगमा शिवजीको घरमा बसिरहेका बेला यस्तो घटना भएको उनको भनाइ छ ।

‘निदाइरहेका बेला बुधबार बिहान ४ बजेतिर अचानक आइपुगेका प्रेमी शिवजीका आमाबुबाले हातखुट्टा, घाँटी समाती लछारपछार गर्दै जबर्जस्ती चार–पाँचवटा ट्याब्लेट मुखमा कोचे,’ स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालको बेड नं. २६ मा उपचार गराइरहेकी सनिसाले भनिन्, ‘त्यसपछि म बेहोस भएँ ।’

प्रहरीको सहयोगमा अस्पताल आइपुगेकी सनिसाको स्वास्थ्य परीक्षण गर्दा गर्भमा रहेको बच्चा खेर गएको र विषादीको प्रभावले त्यस्तो हुन गएको चिकित्सकहरूले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले सो अपराधका आरोपी परमेश्वर खंग र झुलफूल देवीलाई बुधबार नै पक्राउ गरिएको जानकारी दिए । उनले पक्राउ परेका खंग दम्पतीमाथि कुटपिट तथा भु्रण हत्यासम्बन्धी मुद्दा चलाइने जनाएका छन् ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु