मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

मर्मस्पर्सी दशैं गीत "झर्को आउँछ दशैं तिहार आएसी" सार्वजनिक (भिडियो सहित)

बुधबार ९ आश्विन, २०८१ Grace Himalaya 1102


मर्मस्पर्सी दशैं गीत "झर्को आउँछ दशैं तिहार आएसी" सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा एउटा छुट्टै इतिहाँस रच्न सफल वरिष्ठ गायक तथा सर्जक नबराज घोरासैनीको स्वरमा भर्खरै मात्र नेपालीहरुको महान चाड बिजय दशमी तथा दिवालिको समयलाई लक्षित गर्दै "झर्को आउँछ दशैं तिहार आएसी" बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत संगम थापाको प्रस्तुतिमा सार्वजनिक भएको हो । 

गीतलाई लय बिगत निकै लामो समयदेखि मौलिक लोक सिर्जना प्रस्तुत गर्दै आएका लोकप्रिय गायक तथा सर्जक राम्जी थापाले भरेका हुन् भने शब्द भने दर्जनौं गीत संगीतमा काम गरिसकेका अर्का लोकप्रिय सर्जक शम्भु नेपालले तयार पारेका छन् । "झर्को आउँछ दशैं तिहार आएसी" बोलको गीतमा नबराज घोरासैनी संगै संगम थापा, कोपिला तामाङ्ग वाइबा र मनिषा घोरासैनीको पनि सुन्न सकिन्छ ।

प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै लोभ लाग्दो बनेको छ । भिडियोमा राधिका राउत, उमेश कार्की यु के, सुमन कालिकोटे, अनिता पौडेल, युनेश कार्की र उद्धब पण्डितको अभिनय देख्न सकिन्छ । उमेश कार्की यु केद्वारा निर्देशित भिडियोलाई छायांकन डेनी खनाल र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई नबराज घोरासैनी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु