मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

सिन्धुको कविता संग्रह मृतसागरको उचाइबाट' ले पायो अनेसास पुरस्कार'

आईतवार १० मंसिर, २०८० Grace Himalaya 1518


सिन्धुको कविता संग्रह मृतसागरको उचाइबाट' ले पायो अनेसास पुरस्कार'

अनेसास पुरस्कार समर्पण कार्यक्रम तथा ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती भर्जिनियामा यही नोभेम्बर १९,२०२३ आइतबारका दिन एक समारोहबीच भव्यरूपमा सम्पन्न भएकोछ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राइको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । पुरस्कार समितिका संयोजक तिर्थराज पाण्डेयको सभापतित्वमासम्पन्न भएको उक्त कार्यक्रममा प्राज्ञ सदस्य बाबा बस्नेत, बि ओ टी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रिय अध्यक्ष गोबर्धन पूजा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान बि ओ टी अध्यक्ष गीता खत्रीको बिषेश आतित्थ्यता रहेको थियो ।

त्यसैगरी अतिथीहरूमा बरिष्ठ साहित्यकार कृष्ण धाराबासी, नीलम कार्की निहारिका, एन आर एन ए अध्यक्ष डा. अर्जुन बन्जाडे, पूर्ब अध्यक्षहरू पुरू सुवेदी, भिम रेग्मी र मोहन सिटौला, सल्लाहकारहरूमा रोहिणी शर्मा, तिर्थराज अधिकारी, सीता पाण्डे रहनु भएको थियो । कार्यक्रममा आसन ग्रहण पश्चात दुबै देशका राष्ट्रिय गान साना भाइ बैनीहरू आभाष अर्याल, सचिन चापागॅाइ, सुयोग चापागॅाइ, रोजी गौतम र प्रसुन पौडेलहरूबाट गाइएको थियो । प्रमुख अतिथीबाट कार्यक्रममको उद्घाटन कलसमा दियोवाली गरिनुका साथै महाकविको फोटोमा माल्यार्पण गरिएको थियो ।

डि सी च्याप्टरका महासचिव निलकण्ठ सुवेदीले सबैलाई स्वागत गर्नु भएको थियो । तत्पश्चात हरिमाया अधिकारीबाट लक्ष्मीप्रसाद देवकोटाको गीत गायन र संयोजक तिर्थराज पाण्डेबाट पुरस्कारहरूको जानाकारी गराउनु भएको थियो । साथमा विजेता पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरिनुकासाथै पूर्व अध्यक्ष भीम रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान र होमनाथ सुवेदी, डा. श्याम कार्की, रोहिणी शर्मा, सुमन तिम्सिना, मोहन सिटौलालाई २०२१ को दिर्घ सेवा पदक प्रदान गरिएको थियो । त्यसैगरी बोर्ड अफ् ट्रष्टिका निर्वाचन कमिटीका प्रमुख निर्वाचन आयूक्त भिम कार्की र निर्वाचन आयूक्तहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । केन्द्रिय अध्यक्ष गोबर्धन पूजाले आफ्नो मन्तव्य सहित पुरस्कृत व्यक्तित्वहरूलाइ बधाइ ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार गीता खत्रीको रोबोट जर्ज, कवि इश्वरी भट्टको आकाश पारीबाट र अनेसास न्यूह्याम्पसायरले प्रकाशन गरेको कवि गोपाल भण्डारीको छन्द कविता संग्रह दोस्रो प्रकाशनको विमोचन गरिएको थियो । कृतिकारहरूको तर्फबाट गीता खत्री, पुरस्कृत व्यक्तित्वहरु महेश पौड्याल, महेश्वर पन्त, सिन्धु पौड़ायल र मोहन सिटौलाले मन्तव्य व्यक्त गरिनुका साथै बि ओ टी पुरस्कार समितिका सदस्य सचिव इश्वरी भट्टले पुरस्कार दाता र पुरस्कृत व्यक्तित्वहरूलाई धन्यबाद एवं बधाइ व्यक्त गर्दै समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस बर्षको पुरस्कार राशी अमेरीकी डलर बार्ह हजार बराबरको रहेको थियो ।

सोहि कार्यक्रममा मदन पुरस्कार बिजेता मध्यबाट नीलम कार्की निहारिका, पुरस्कार दाताहरू मध्यबाट रोहिणी शर्मा, अतिथिहरूबाट होमनाथ सुवेदीहरूले ॲीफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि भूपाल राइले ॲाफ्नो मन्तव्यमा प्रज्ञा र अनेसासको कामको बारेमा चर्चा गर्दै ॲाफूले सकेको सहयोग गर्ने बचन बध्दता बद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमलाईं बि ओ टी सभापति पदम विश्वकर्माले धन्यबाद ज्ञापन पश्चात पहिलो सभा समापन गरिएको थियो । यो शेशन केन्द्रीय सदस्य शकुन ज्ञावाली र बि ओ टी महासचिव प्रकाश नेपालले संचालन गर्नु भएको थियो भने संचालिका ज्ञावालीले पुरस्कार समितिका संयोजक तीर्थराज पाण्डे, सचिव इश्वरी भट्ट र सदस्यहरू डा विजय राज शर्मा, सन्ध्या पहाडी र दिपा राइ पूनलाई धन्यबाद व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी दोस्रो शेसन केन्द्रीय अध्यक्ष गोबर्धन पूजाको अध्यक्षतामा बि ओ टी सदस्य रश्मी भट्टले कविता बाचनको कार्यक्रम संचालन गर्नु भएको थियो। धेरै कविहरूको रचना बाचन पस्चात अध्यक्षले सो कार्यक्रमको समापन गर्दै पूनः बि ओ टी सभापति पदम बिश्वकर्माको संयोजनमा बृहद गोष्ठी गरिएको थियो । केन्द्रिय बरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको संचालनमा अनेसासको विगत, वर्तमान र भविष्यका बिषयमा सबै सहभागीहरूले ॲाफ्नो धारणा राख्नु भएको थियो । सो कार्यक्रमको टिपोट नारायण अधिकारी र निजानन्द मल्लले गर्नु भएको थियो । कार्यक्रमको समापनमा सभापति विश्वकर्माले सबैका भावनाको कदर गर्दै अनेसासलाई अगाडी बढाइने प्रतिबध्दता व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

यस बर्षको कृति पुरस्कृत हुनेहरूमा रण काफ्ले भारत- रैथाने उपन्यास – अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार $२१००, महेश्वर पन्त- बोस्टन अमेरीका- बौलाको डायरी $१०००, श्री बाबु कार्की नेपाल निबन्ध शन्दिग्ध शताब्दी $१०००, कल्पना खरेल नेपाल- रानी तलाउ $१०००, गणेश कुमार जि सी नेपाल अरनिको एशिया $१०००, सिन्धु पौडेल इजरायल मृतसागरको उचाइबाट कविता संग्रह $१०००, डा गोविन्द आचार्य नेपाल, दड॰्गी उर्वशी,$१०००, निर्मोही व्यास नेपाल आवारा बादल नियात्रा $१०००, महेश पौड्याल नेपाल अपरिचित अनुहार कथा संग्रह $१०००, खेम रिजाल, अमेरीका ऊर्जा ( गीत) $५०० र मोहन सिटौला अमेरिका सुनिल पाठक बिशिष्ठ पुरस्कार $२००० रहनु भएको थियो भने उक्त पुरस्कारहरूको प्रायोजन प्रा डा गोपी उप्रेती, रोहिणी शर्मा, डा श्याम कार्की, सुमन तिम्सिना, गीता खत्री, डा चुडामणी खनाल, तीर्थराज पाण्डे, पदम विश्वकर्मा, पुरू कल्पना सुवेदी र सुनिल पाठकले प्रदान गर्नु भएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु