मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

सामाजिक मुद्दा, चुनाव वा राजनीति नीतिहरू समाबेस गरिएको भन्दै "कर" गीतले गुगलबाट पायो ठुलो झट्का

सोमबार २३ माघ, २०७९ Grace Himalaya 1093


सामाजिक मुद्दा, चुनाव वा राजनीति नीतिहरू समाबेस गरिएको भन्दै "कर" गीतले गुगलबाट पायो ठुलो झट्का

काठमाण्डौ माघ २३ - वर्तमान राजनीतिक बेथिती र बिसङ्गतीमाथी प्रहार गर्दै गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गित "कर" केहि दिन अगाडी सार्वजानिक भएको थियो । सार्बजनिक भएको छोटो समयमा नै यस गीतको गुगलबाट प्राप्त हुने बिज्ञापन रोकिएको छ । सामाजिक मुद्दा, चुनाव वा राजनीति नीतिहरू सामाग्रीमा समाबेस गरिएको भन्दै गुगलबाट प्राप्त हुने बिज्ञापन रोकिएको हो ।

राकेश सोनीको संगित संयोजन र श्यामश्वेत रसाईलीको ध्वनी मिश्रण रहेको गितलाई गायक ढकाल स्वयमले सृजना गरी संगित भरेका छन् । कर गितमा गायकलाई बिन्दु बिसी र रोश्नी रसाईलीको समुहले स्वरमा साथ दिएका छन् भने गितको भिडियो अर्जुन लोहारको छायाकंन र रमेश बि.क.रसार्ईलीको सम्पादनमा तयार भएको हो ।

प्रकाश ढकालको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गितको भिडियोलाई गायक ढकालले नै निर्देशन गरेका छन् । जनताले हरेक पाईला पाईलामा कर तिर्नुपर्ने, युवाले देश छाडेर विदेशीनुपर्ने, जनताको करमा नेता र ठुलाबडाले रजाईं गर्ने,बैंकको चर्को ब्याजका कारण जनताले आत्महत्या गर्नुपर्ने, संघियता खारेज गरीनुपर्ने, भ्रष्ट नेताको सम्पत्ति छानबिन गरीनुपर्ने जस्ता भाव समेटएिको गितबाट गायक ढकालले जनताका पिडा पोख्दै तमाम समस्या समाधानका लागि तत्काल कदमा चाल्नुपर्ने माग राखेका छन् ।

गायक तथा सर्जक प्रकाश ढकालका यसअघि के गर्छौ राजनीति,बैमानी मोया, खाम कि नखाम मोयाको जुठो जस्ता गितहरु चर्चित छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु