सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

कांग्रेस निर्वाचन समितिले तयार पारेको तालिकाअनुसार महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने

सोमबार २९ कार्तिक, २०७८ Grace Himalaya 1215


कांग्रेस निर्वाचन समितिले तयार पारेको तालिकाअनुसार महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने

नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका तय भएको छ । आज आइतबार कांग्रेस निर्वाचन समितिले तयार पारेको तालिकाअनुसार महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुनेछ । २१ गते महाधिवेशन कार्यक्रम अन्तर्गत मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ । २२ गते मतदाता नामावलीमाथि दाबी–विरोध तथा उजुरी र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिनेछ । 

 

 

२३ गते उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ भने मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै २५ गते मतदान हुनेछ भने २६ गतेबाट मतगणना गरिनेछ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु