सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५% सम्म राहत

शुक्रबार १२ कार्तिक, २०७८ Grace Himalaya 1264


धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५% सम्म राहत

सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५% सम्म राहत दिने भएको छ । धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही अनुसार आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५% सम्म राहत दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् ।

त्यस्तै ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघा भन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको उनले बताएका छन् । कात्तिक १ देखिको वर्षा, बाढी र डुवानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुवानमा परेको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु