सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन प्रधानमन्त्रीको निर्देशन

बिहीबार ४ कार्तिक, २०७८ Grace Himalaya 1305


बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन प्रधानमन्त्रीको निर्देशन

अविरल वर्षपछि आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन प्रधानमन्त्री शेरबहादुर देउवाले विपद् व्यवस्थापन परिषद्‍लाई निर्देशन दिएका छन् । राहत र पुनर्स्थापनाका लागि बजेटको अभाव नहुने गरी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समेत उनले निर्देशन दिएका छन् । आज बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले ठूलो क्षति हुनेगरी देशभर भएका बाढी-पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर सेल्टर बनाउने, घरहरु पुनर्निर्माण गर्ने, राहत र पुनर्स्थापनाको कार्य गर्ने तथा धान बालीमा पुगेको क्षतिको विवरण आंकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् । अन्य योजनामा छुट्टिएको बजेटलाई रकमान्तर गरेर भए पनि राहत र पुनर्स्थापनामा खर्च गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । हामीले यसअघि नै निजी क्षेत्रबाट समेत हेलिकप्टर भाडामा लिएर उद्वार कार्य गरिरहेका छौँ, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् ।

प्रवक्ता पोखरेलका अनुसार देशभर बाढ-पहिरो नरोकिएकाले क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन । कतिपय ठाउँमा सम्पर्क नै हुन सकेको छैन । कहाँ कस्तो अवस्था छ, कति क्षति भएको छ, त्यसको पूर्ण विवरण आइसकेको छैन, उनले भने, हामीलाई कहाँ कस्तो अवस्था छ भनेर यकिन गर्नै मुस्किल भइरहेको छ । उनले राहत र पुनर्स्थापनाका लागि छुट्टै कोषको व्यवस्था गर्ने तयारी रहेको बताएका छन् । बैठकले कृषि बालीमा पुगेको क्षतिको विवरण संकलनको कार्य कृषि मन्त्रालयले गर्ने गरी निर्देशन दिइएको पनि उनले जानकारी दिएका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु