मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

प्रधानन्यायाधीशको राजीनामा माग्दै काम नगर्दा मंगलबार दोस्रो दिन पनि इजलासमा हुने सुनुवाइ अवरुद्ध

बुधबार १० कार्तिक, २०७८ Grace Himalaya 1284


प्रधानन्यायाधीशको राजीनामा माग्दै  काम नगर्दा मंगलबार दोस्रो दिन पनि इजलासमा हुने सुनुवाइ अवरुद्ध

प्रधानन्यायाधीशको राजीनामा माग्दै अन्य न्यायाधीशहरुले इजलासमा काम नगर्दा मंगलबार दोस्रो दिन पनि इजलासमा हुने सुनुवाइ अवरुद्ध भएको छ । आज मंगलबार कुनै पनि बेन्च नबसेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्चका १४ जना न्यायाधीशबीचको छलफलमा १४ जनाका तर्फबाट एक न्यायाधीशले प्रधानन्यायाधीशले नै निकास दिनु पर्ने बताएकामा प्रधानन्यायाधीश जबराले हालसम्म प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामाका लागि तयार रहेको बताएकासर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् ।

सडकबाट मागिएको आधारमा नभइ संवेधानिक विधिबाट मात्रै आफ्नो अवकाश हुनु पर्ने अडान प्रधानन्यायाधीश जबराले राखेका पनि प्रवक्ता दाहालले उल्लेख गरेका छन् । यसैबीच नेपाल बार एसोसिएसनका सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराको राजीनामाका लागि दवावमूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको बार पदाधिकारीहरुले जानकारी दिएका छन् । सल्लाहकारहरुको सुझावबारे बारको बैठकमा छलफल भइरहेको नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश जबरामाथि न्यायपालिकाका विकृति रोक्ने प्रतिवेदन कार्यान्वयन नगरेको र जेठानलाई मन्त्री बनाउन भनसुन गरेको लगायत विभिन्न आरोप लगाएर राजीनामा मागिएको हो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु