बुधबार ३ कार्तिक, २०७८
जनवादी गणतन्त्र चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । नेपाली समकक्षी डा.नारायण खड्कासँग चीनिया विदेश मन्त्री वाङ यीको भर्चुअल वार्तापछि चीनिया राजदूत होउ यान्छीले सो जानकारी दिएकी छन् । फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकोमा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन ब्यक्त गरेका थिए ।
२० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ । उक्त क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार विदेशमन्त्री यीले परराष्ट्रमन्त्री डा खड्कालाई चीन भ्रमणको निम्तो समेत गरेका छन् ।