मंगलवार १ भाद्र, २०७८
पछिल्लो २४ घन्टा काठमाडौंमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भक्तपुरमा १ १७ र ललितपुरमा १६७ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससगै सोमबार काठमाडौं उपत्यकामा ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ११५४५ पुगेको छ । जसमध्ये काठमाडौंमा ८ १२३, भक्तपुरमा १४०५ जना र ललितपुरमा २०१७ रहेका छन् । उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ र भक्तपुरमा २ गरी ५ जनाको मृत्यु भएको खबर छ ।