सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

वर्षाले पुनः इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति

सोमबार १ कार्तिक, २०७८ Grace Himalaya 1373


वर्षाले पुनः इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति

बर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिएका छन् । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएको थियो । बानियाँले मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताएका छन् ।

यस्तै‚ मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइपमाथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिएका छन् । हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासीले बताएका छन् । असार १ र साउन १६ गते आएको बाढीका कारण सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु