बिहीबार ३१ भाद्र, २०७८
इलाममा कोरोना संक्रमण दर पुनः वृद्धि भएको छ । आज गरिएको परीक्षणमा इलाममा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ६५ जनासँगै इलाममा संक्रमितको संख्या ५५०१ पुगेको छ । इलाममा आज संक्रमित हुनेहरुमा सन्दकपुर गाउँपालिकाका १४ महिला र २५ पुरुष, रोङ गाउँपालिकाका ६ महिला र ३ पुरुष, सूर्योदय नगरपालिकाका ४ महिला र २ पुरुष, देउमाई नगरपालिकका ४ महिला र १ पुरुष, इलाम नगरपालिकाका २ महिला र १ पुरुष, माई नगरपालिकाका २ महिला र चुलाचुली गाउँपालिकाका १ जना पुरुष छन् । इलाममा अहिलेसम्म कोरोना संक्रमणको कारण १२४ जनाको मृत्यु भइसकेको छ । अहिले इलाममा ३१२ जना सक्रिय संक्रमित रहेका छन् ।