मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०७८ प्रथम भर्चुअल मेला हुने

मंगलवार १५ भाद्र, २०७८ Grace Himalaya 1263


पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०७८ प्रथम भर्चुअल मेला हुने

पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०७८ प्रथम भर्चुअल मेला हुने भएको छ । महिला उद्यमी महासंघ नेपालले सोमवार पत्रकार सम्मेलन गर्दै कोरोना महामारीका कारण भौतिक उपस्थितिमा व्यापार मेला आयोजन गर्न नसकिएको र भर्चुअल वेबीनार तथा प्रदर्शनीहरुको सञ्चालन गर्ने प्रवृति शुरु भएको भन्दै महिला उद्यमीहरुले बजारीकरणमा धेरै चुनौतिहरुको सामना गरिरहेको बर्तमान परिप्रेक्षमा  भदौ १७ देखि २१ गतेसम्म अनलाइन भर्चुअल व्यापार मेलाको आयोजना गर्न लागेको बताएको छ ।

भर्चुअल माध्यमबाट आयोजना गर्न लागिएको उक्त प्रर्दशनी मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट गर्नुहुने भएको छ । महासंघले पत्रकार सम्मेलनमा नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्न तथा महिला उद्यमीहरुलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाहरुको प्रदर्शनी, प्रवर्द्धन, बजारीकरण र विक्रीका लागि एक साझा स्थल सृजना गर्ने मद्धत पुर्‍याउने तथा अनलाइन बजारीकरणको लागि महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्धेष्य लिएको बताएको छ ।

साथै उसले सरोकारवाला तथा महिला उद्यमीहरु बीच सम्वन्धको स्थापना र सञ्जालिकरण निमार्णका लागि प्रोत्साहन गर्ने  उद्धेष्य रहेको भन्दै नयाँ उत्पादन, सेवा तथा प्रविधिहरुलाई लागत प्रभावकारी प्लेटफर्मतर्फ प्रोत्साहन गर्ने पनि जनाएको छ । महासंघले उत्पादन र क्रेताहरुलाई एक विस्तृत दायरामा ल्याई एउटै प्लेटर्फमबाट लाभ लिन तथा व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्ता सम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ठ अनलाइन अवसरहरुको खोजी गर्ने  उद्धेष्य रहेको बताएको छ । विगत चार वर्षदेखि महिला उद्यमी महासंघ नेपालले  नेपालमा अन्तरराष्ट्रिय महिला व्यापार मेला सञ्चालन गर्दै आइरहेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु