मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

चमेलिया नदीमा आएको बाढीले अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइड क्षति

मंगलवार १५ भाद्र, २०७८ Grace Himalaya 1335


चमेलिया नदीमा आएको बाढीले अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइड क्षति

चमेलिया नदीमा आएको बाढीले अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइड क्षति भएको छ । निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युतको ड्याम क्षेत्रमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । अपि गाउँपालिकाको ओखल नजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा, माटो भरिनुका साथै निर्माण स्थलमा रहेका स्काभेटर, टयाक्टर र निर्माण सामग्रीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक  डिएसपी मनोहर प्रसाद भट्टले बताएका छन् ।

 

 

त्यस्तै अपि हिमाल गाउँपालिकामा बाढिले दुईवटा झोलुङ्गे पुल बगाएको छ । हिजो आइतबार राती आएको अविरल वर्षाका कारण अपिहिमाल १ ककनाडी र ६ चौकीबगाडमा रहेको झोलुङ्गे पुल बगाएको डिएसपी भट्टले जानकारी दिएका छन् । पुल बगाए पछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु