मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

सरकारले मोटरसाइकलमा लगाउँदै आएको कर आजदेखि बृद्धि

शनिबार २६ भाद्र, २०७८ Grace Himalaya 1218


सरकारले मोटरसाइकलमा लगाउँदै आएको कर आजदेखि बृद्धि

सरकारले मोटरसाइकलमा लगाउँदै आएको कर आजदेखि बृद्धि भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमा मोटरसाइकलको अन्तशुल्क र सडक निर्माण कर बढेको हो । विधेयकमा मोटरसाइकलको बर्गीकरण परिवर्तन गर्दै १२५ सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत, १२५ देखि २ सय सीसीसम्म ५० प्रतिशत र २ सयदेखि २५० सीसीका मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लगाइएको छ ।  त्यस्तै ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा १०० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ। 

यसअघि भने १२५ देखि १५५ सीसीको मोटरसाइकलमा ४० प्रतिशत र १५५ सीसीदेखि २५० सम्मका मोटरसाइलमा ४० प्रतिशत अन्तशुल्क लाग्ने गरेको थियो भने 
५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क थियो । नयाँ नियमअनुसार मोटरसाइकलको सडक निर्माण दस्तुर समेत बढेको छ । पनिवर्तित नियम अनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १२५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ । 

यसअघि १ सय ५५ सीसीसम्मका मोटरसाइकमा १५ हजार रुपैयाँ, १५५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीससम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका मोटरसाइकलमा  १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लिने व्यवस्था थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु