सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

भक्तपुरको सल्लाघारीमा बसपार्क सार्ने प्रस्ताव नगरपालिका द्वारा अस्वीकार

बुधबार २ भाद्र, २०७८ Grace Himalaya 1295


भक्तपुरको सल्लाघारीमा बसपार्क सार्ने प्रस्ताव नगरपालिका द्वारा अस्वीकार

भक्तपुर नगरपालिकाले सल्लाघारी स्थित १ सय ८ रोपनी जग्गामा बसपार्क बनाएर लामो दूरीका यातायात सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले गरेको प्रस्तावलाई असहमति जनाएको छ । भक्तपुर नगरपालिकाले सो क्षेत्रमा बसपार्क सञ्चालन गरे नगरको सामाजिक र सांस्कृतिक क्षेत्र प्रभावित हुने स्थानीयको स्वास्थ्य सुरक्षामा समेत असर पुग्ने बताउँदै विरोध पनि जनाएका छन्  ।  काठमाडौं महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले भक्तपुर सल्लाघारी तीनकुने सडक किनारबाट तत्कालका लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने प्रतिवदेनमा उल्लेख गरेको थियो । सो विषयलाई लिएर २२ साउनमा खड्गीको नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुरका नगरप्रमुख सुनील प्रजापतिसँग सामान्य छलफल गरेको थियो । 

नगर प्रमुख प्रजापतिले बसपार्क क्षेत्रमा हुने वातावरणीय र सांस्कृतिक प्रदूषण, आर्थिक र सामाजिक प्रभाव लगायत विषयमा थप अध्ययन हुनुपर्ने सुझाव दिएको बताए । ‘उक्त जग्गामा भक्तपुर नगरपालिकाले २०६० देखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सो अन्तर्गत चिकित्साशास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना बनाएको छ । उक्त विषयमा उपप्रमुख खड्गी लगायत कार्यदलका सबै सदस्यलाई जानकारी गराएका थियौँ,’ उनले भने । काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकार बाहिर गएर भक्तपुरको वडा नम्बर १ सल्लाघारीको १०८ रोपनी खुला जग्गामा पार्किङ व्यवस्थाका लागि प्रतिवेदन तयार पारेको जनाएको छ ।  नगर प्रमुख प्रजापतिले महानगरलाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न आग्रह गरेका छन् । 

महानगरले भक्तपुर नगरपालिका सँग सहमति बिना यातायात सञ्चालन सम्बन्धी पेस गरेको प्रतिवेदनलाई गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रूपमा लिएको जनाएको छ । नेपाल ट्रस्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले ट्रस्टसँग समन्वय गरी आफ्नै लगानीमा चारैतिर पर्खाल लगाई संरक्षण गर्दै आएको छ । नगरप्रमुुख प्रजापतिले भने, ‘नेपाल ट्रस्ट नियमावली, २०६५ मा ट्रस्टको सम्पत्तिलाई विद्यालय, महाविद्यालय वा विश्वविद्यालयजस्ता शैक्षिक संस्था र स्वास्थ्य संस्था खडा गरी सञ्चालन गर्ने, गराउने लगायत शैक्षिक क्षेत्रमा सदुपयोग गर्न उपलब्ध गराउने उल्लेख छ । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु