शुक्रबार ६ असार, २०८२
बल्खुमा लागुऔषध सेवन गरेर यात्रुलाई हैरान पार्ने ८ चालक-कर्मचारी पक्राउ
ग्रेस हिमालय काठमाडौँ जेठ ६ २०८२ शुक्रबार
काठमाडौं महानगरपालिका १४ स्थित बल्खुमा लागुऔषध सेवन गरी यात्रु तथा सर्वसाधारणलाई दुःख हैरानी दिने ८ जना सुमो चालक तथा कर्मचारी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुमो काउन्टरमा कार्यरत उनीहरुलाई जनगुनासोको आधारमा बुधबार दिउँसो पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा उदयपुरका २२ वर्षीय प्रदीप वि।क। र १८ वर्षीय विराज कार्की, बाराका २४ वर्षीय सन्तोष नेपाल, २० वर्षीय धीरज जैसवाल र २० वर्षीय अनुराग कुमार, तनहुँका २९ वर्षीय राम गुरुङ, झापाका ३० वर्षीय निलेश संग्रौला र काभ्रेपलाञ्चोकका ३५ वर्षीय गोमन तामाङ रहेका छन् ।
बल्खु सुमो काउन्टरमा कार्यरत केही कर्मचारी र चालकले लागु औषध सेवन गरी यात्रु तथा बाटोमा हिँड्ने मानिसलाई दुःख दिने गरेको गुनासो बढेपछि प्रहरीले विशेष अप्रेसन चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
सोही क्रममा प्रहरीले शङ्कास्पद १० जनालाई नियन्त्रणमा लिई लागु औषध सेवन गरे/नगरेको जाँच गरेको थियो । जाँचका क्रममा ८ जनाले लागुऔषध सेवन गरेको रिपोर्ट आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिए ।
उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार श्रोत नव जनप्रहार