सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

राजनराज सिवाकोटीको शब्द संगीतमा सुनीको "चोली सुहाउँछ" बजारमा (भिडियो सहित)

मंगलवार १८ मंसिर, २०८१ Grace Himalaya 1343


राजनराज सिवाकोटीको शब्द संगीतमा सुनीको "चोली सुहाउँछ" बजारमा (भिडियो सहित)

काठमाण्डौ । गायिका सुनी थापाको स्वरमा एक गीत भर्खरै सार्वजनिक भएको छ । एक नारीको सुन्दरताको बर्णनमा उक्त गीत "चोली सुहाउँछ" बोलको रहेको छ । राजनराज सिवाकोटीको शब्द संगीतमा तयार भएको गीत स्टार इन्टरटेन्टमेन्ट नेपाल युट्युब च्यानल मार्फत साव्रजनिक भएको हो ।

गायिका सुनीले आफ्नो यस प्रस्तुतिलाई मन पराईदिनु भएमा आउँदा दिनमा थप उत्कृष्ट गीत ल्याउने बताएकी छिन् । उनको यस गीतमा स्वर सुन्दा नेपाली सांगीतिक क्षेत्रका लागी निकै राम्रो सम्भावित गायिकाको रुपमा अड्कल काट्न सकिन्छ ।

निकै उत्कृष्ट ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा नेपाली चलचित्रमा ख्याती कमाएकी नायिका प्रियंका कार्की र गम्भीर विष्टको अभिनय देख्न सकिन्छ ।

चित्लाङ्ग रिसोर्टको सेरोफेरोमा छायांकन गरिएको "चोली सुहाउँछ" बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन माणिक पाख्रिनले गरेका हुन् । भिडियोलाई छायांकन नबराज उप्रेतीले गरेका हुन् भने सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु