सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

सन्तोष बि.सी कोपिला तामाङ्ग वाइबा र उपमा थपलियाको स्वरमा कुमार चौलागाईंको "अभागी सभागी" बजारमा आयो

आईतवार २ मंसिर, २०८१ Grace Himalaya 1060


सन्तोष बि.सी कोपिला तामाङ्ग वाइबा र उपमा थपलियाको स्वरमा कुमार चौलागाईंको  "अभागी सभागी" बजारमा आयो

काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आएका बिकृति र विसंगतिलाई निडररुपमा पखाल्ने प्रयासका साथमा अगाडी बढिरहेका लोकप्रिय सर्जक शम्भु नेपालको शब्द सृजनामा पुनः अर्को गीत सार्वजनिक भएको छ । उक्त गीत कुमार चौलागाईंको प्रस्तुतिमा "अभागी सभागी" बोलको रहेको छ ।

स्थायी घर नुवाकोट भएर हाल काठमाण्डौमा बसोबास गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलम चलाईरहेका लोकप्रिय सर्जक शम्भु नेपालको सिर्जनामा “अभागी सभागी“  बोलको गीत सार्वजनिक हुनुपूर्व नै चौतर्फी चर्चा र अशंख्य श्रोता तथा दर्शकहरुको माग भएको थियो ।

प्रस्तुतकर्ता कुमारले आफ्ना पहिलेका गीतलाई झैं यस गीतलाई पनि मायाँ गरिदिनुहुन सबैमा अनुरोध गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरुमा काम गरिसकेका छन् । "अभागी सभागी" बोलको गित सार्वाजनिक हुनु भन्दा पहिले यस गीतको कभरलाई धेरैले आफ्नो फेसबुकमा राखेर सजाईरहेका थिए भने टिकटकमा समेत उक्त गीतको कभर राखेर बिभिन्न मनोरन्जनात्मक सामाग्री बनाउने क्रम बढेको थियो । गीत कस्तो होला भन्ने कौतुहलताले पनि माथि उल्लेखित गीत सार्वजनिक भएपश्चात निकै राम्रो सफलता प्राप्त गरिरहेको छ ।

गीत भित्र बिशेषता के छ भनेर यसै गीतका परिकल्पनाकार सर्जक शम्भु नेपाल संग बुझ्दा उनले फरक कथावस्तुमा तयार गरिएको मात्र बताएका छन् । राम्जी थापा मगरको लय र शम्भु नेपालको शब्दद्वारा सजिएको गीतमा सन्तोष बिसी, कोपिला तामाङ्ग वाइबाको साथै उपमा थपलियाको सुमधुर स्वर सुन्न सकिनेछ ।

उमेश कार्की यु के को निर्देशनमा आर एन कार्की र आशा बिश्वकर्माको अभिनय रहेको “अभागी सभागी” बोलको गीत अब  यहि कार्तिक ३० गते शुक्रबारबाट कुमार चौलागाईं युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु