मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

नेकपा एमाले राष्ट्रिय युवासंघ नेपाल बागमती प्रदेशको अध्यक्षमा जय गुरुङ्ग निर्वाचित

आईतवार २६ भाद्र, २०७९ Grace Himalaya 1412


नेकपा एमाले राष्ट्रिय युवासंघ नेपाल बागमती प्रदेशको अध्यक्षमा जय गुरुङ्ग निर्वाचित

 काठमाडौं भदौ 24  शुक्रबार 

राष्ट्रिय युवा संघ नेपाल बाग्मती प्रदेश कमिटीद्वारा भक्तपुरको सुर्यविनायक स्थित इम्पेरियर पार्टी प्यालेसमा आयोजना गरिएको प्रथम अधिवेशन तथा प्रदेशस्तरिय निर्वाचन परिचालन वृहत् भेलाको प्रमुख अतिथि पार्टी महासचिव शंकर पोख्रेल , विशेष अतिथि नेकपा एमाले पोलिटब्यूँरो सदस्य तथा संघका ईञ्चार्ज,महेश बस्नेत विशेष अतिथि पार्टी केन्द्रीय सदस्य तथा संघका अध्यक्ष किरण पौडेल विशेष अतिथि संघका कार्यकारी अध्यक्ष एवं वाग्मती प्रदेश ईञ्चार्ज क्रान्ति बुर्लाकोटी लगायत उपाध्यक्षहरू,महासचिव लगायतको आतिथ्यमा वागमती प्रदेश संयोजक जय गुरुङको अध्यक्षतामा बागमती प्रदेशको प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ।

 

बागमती प्रदेशको प्रथम अधिवेशन बाट अध्यक्षमा रामेछापका जय गुरुङ निर्वाचित भएका छन् । छन् गुरुङ्ग अहिलेको नेकपा एमालेमा  युवाहरूको माझमा लोकप्रिय  मानिन्छन्,सचिबमा राजु तिवारी,सह सचिबमा माधव शेरपाली,सह सचिबमा राजेश खड्का र कोषाध्यक्षमा नरेन्द्र भण्डारी निर्वाचित भएका छन् । साथै युथ फोर्स विभाग समेत गठन भएको छ युथ फोर्स कमिटीको संयोजकका सिन्धुपाल्चोकका सुरेन बिक्रम योन्जन रहेका छन् भने उपप्रमुखमा भक्तपुरमा सुमित जंग कार्की रहेका छन् । भने साईवर सर्कल एवं प्रवक्तामा बिनाेद पाैडेल सहित प्रदेश कमिटी ९७ सदस्यीय रहेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु