सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

रामेछापमा दोस्रो राष्ट्रिय माझि गोल्ड कप हुने

शनिबार ११ मंसिर, २०७८ Grace Himalaya 1268


रामेछापमा दोस्रो राष्ट्रिय माझि गोल्ड कप हुने

रामेछापमा दोस्रो राष्ट्रिय माझि गोल्ड कप हुने भएको छ । राष्ट््रको लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ मन्थली नगरपालिका वडा नं।६ कुनौरीमा यहि मंसिर १५ गते देखी २१ गते सम्म खेल हुन गईरहेको आयोजक नेपाल माझि उत्थान संघ जिल्ला कार्य समिति मन्थली रामेछापले जनाएको छ ।  युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यतामा खेल हुने आयोजक टिमको दावी छ ।  खेल संयोजक बल बहादुर माझिले खेलमा २० जिल्लाका २२ टिमले सहभागिता जनाउने बताउनु भयो । उहाँले प्रतियोगितको तयारी समेत लगभग पुरा भएको बताउनु भयो ।

खेलमा प्रथम हुने टिमले नगद रु २ लाख,सिल्ड,मेडल र प्रमाण पत्र,द्धितीय हुने टिमले नगद रु १ लाख,सिल्ड मेडल र प्रमाण पत्र,तृतिय हुने टिमले नगद रु ५० हजार,मेडल र प्रमाण पत्र र सान्त्वना  हुने टिमले नगद रु २५ हजार,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु १० हजार,उत्कृष्ट गोल किप्परले नगद रु ५ हजार,उत्कृष्ट डिफेन्डरले नगद रु ५ हजार,उत्कृष्ट फरवार्डले नगद रु ५ हजार,उच्च गोलकर्ताले नगद रु ५ हजार सहित सिल्ड,मेडल,प्रमाण पत्र प्राप्त गर्नेछन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु