आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

चेक रिपब्लिकका राष्ट्रपति मिलोस जेमान अस्पताल भर्ना

सोमबार २५ आश्विन, २०७८ Grace Himalaya 1221


चेक रिपब्लिकका राष्ट्रपति मिलोस जेमान अस्पताल भर्ना

 चेक रिपब्लिकको संसदीय निर्वाचनमा विपक्षी दल अनपेक्षित रुपमा विजयी भएपछि राष्ट्रपति मिलोस जेमान बिरामी भई अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय राष्ट्रपति जेमान अत्याधीक धुम्रपान र मदिराका अम्मली भएको बताइएको छ । मधुमेहका बिरामीसमेत रहेका उनी स्वास्थ्य समस्याका कारण ह्विलचेयर प्रयोग गर्ने गदर्छन् । शनिबारको मतदानमा उनी अनपेक्षित रुपमा पराजित भएपछि अचानक अस्पताल भर्ना भएका हुन् । केही समययता उनी चिकित्सकहरुको नियमित निगरानीमा छन् ।

 

 

 

 

राष्ट्रपति जेमानको उपचारमा संलग्न चिकित्सकहरुले आफूहरु उनको स्वास्थ्य समस्याबारे जानकार भएको तर उनको अनुमतिविना कुनै जानकारी दिन असमर्थ रहेको प्रतिक्रिया दिएका छन् । चिकित्सकहरुका अनुसार उनको शरीरमा थकान र पानीको मात्रा कमी देखिएको छ । बीबीसीका अनुसार जेमानलाई आइतबार बिहान प्रधानमन्त्री अन्द्रेज बबीससँगको भेटघाटपछि अस्पताल लगिएको छ । चेकका मिडियाले प्रशारण गरेका भिडियोमा भने उनलाई अस्पताल लैजाँदै गर्दा स्टाफहरुले उनको टाउको समाइरहेको देखाइएको थियो ।

प्रधानमन्त्री बबीस र उनको पार्टी एएनओ चार वर्षको सत्ता सञ्चालनपछि शनिबार पुन: निर्वाचनको माग गरेको थियो । तर उनीहरु स्पोलु गठबन्धनबाट पराजित भएका छन् । स्पोलु गठबन्धनले नयाँ सरकार गठनका लागि पहल सुरु गरिसकेको छ । जवकि राष्ट्रपति जेमानले चुनावअघि सरकार गठनका लागि गठबन्धन नभएर सबैभन्दा ठूलो एकल पार्टीलाई विजेता छान्ने बताएका थिए । जसअनुसार बबीसको पार्टी एएनओ संसदको ठूलो पार्टी थियो ।

 

 

 

चेकको संविधान अनुसार राष्ट्रपति पद खाली भएमा संसदको तल्लो सदनलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार छ। राष्ट्रपति जेमान पछिल्लो समय लैंगिक अल्पसंख्यकहरुबारे विवादास्पद अभिव्यक्ति दिएर सार्वजनिक रुपमा आलोचित बन्दैआएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु